सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नवनिर्वाचित गाउँपालीका अध्यक्ष कार्यकक्षमै दिउसै निदाएपछी……

नवनिर्वाचित गाउँपालीका अध्यक्ष कार्यकक्षमै दिउसै निदाएपछी……

3215
Shares
नवनिर्वाचित गाउँपालीका अध्यक्ष कार्यकक्षमै दिउसै निदाएपछी……

काठमाडौँ, जेठ १९ । जनताले आफ्नो अमूल्य भोट दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा राम्रो कामको सुरु गर्ने विश्वास हुनु स्वाभविकै हो । आफूले जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा चिन्ता होला भन्ने मतदातालाई लाग्छ । तर, एक जना नवनिर्वाचित गाउँपालिकाका अध्यक्षले मतदाताको आशा र अपेक्षामाथि गम्भीर घात गरेका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको वालमा यो फोटो देखिन्छ । यही फोटोलाई हेरेर धेरैले जनताले राम्रो व्यक्ति चुन्न नसकेको प्रतिक्रिया दिएका छन् ।
उनी हुन् कालिकोटका जनप्रतिनिधि खडानन्द चौलागाई ।
चौलागाई आफ्नो कार्यालयभित्रै निदाएको फोटो भाइरल भएको हो । चौलागाइ नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।
फेसबुक प्रयोगकर्ताहरुले रक्सी खाएर चौलागाई दिउँसै कार्यकक्षमै निदाएको लेखेका छन् । चौलागाईले रक्सी खाए-नखाएको भन्न नसकिएपनि दिउँसै निदाएका भने पक्कै हुन् ।

3215
Shares

ट्रेन्डिङ