सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मतगणना नभएसम्म संसद् रोकिन्छ :ओली

मतगणना नभएसम्म संसद् रोकिन्छ :ओली

3950
Shares
मतगणना नभएसम्म संसद् रोकिन्छ :ओली

जेठ २१, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद् चल्न नदिने जिकिर गर्नुभएको छ ।शनिबार साँझ कांग्रेस सभापति देउवा ओलीनिवास बालकोट गएर संसद् अवरोध हटाउने विषयमा छलफल गर्नुभएको थियो ।
तर, ओलीले तत्काल आफूहरू संसद् अवरोध हटाउन नसक्ने भन्दै आइतबार पार्टीको बैठकपछि थप छलफल गर्न सकिने आश्वासन देउवालाई दिनुभएको छ । ‘ओलीको पुरानै हठ छ’, देउवा निकट स्रोतले भन्यो, ‘आइतबार पार्टीको बैठकपछि पुन:छलफल गर्ने भन्नुभएको छ ।’
देउवाले भने मतगणना जारी राख्ने कि मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको भन्दै संसद् र सरकारको कुनै भूमिका नहुने भन्दै संसद् अवरोध हटाएर अन्य विकल्पमा अघि बढ्न आग्रह गर्नुभएको थियो । देउवाले निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले पनि त्यसलाई संसद्ले निर्देशनसमेत दिन नमिल्ने भएकाले संसद् अवरोध हटाउन देउवाले ओलीसमक्ष आग्रह गर्नुभएको थियो ।
– अन्नपूर्ण पोस्ट

3950
Shares

ट्रेन्डिङ