सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

धर्मको नाममा लुटको खेती

3285
Shares
धर्मको नाममा लुटको खेती

रामदेवको चरण स्पर्स गरेर, सान्निध्य प्राप्त गरेर राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री र सांसदहरुले कुन त्यस्तो उर्जा प्राप्त गरे होलान् र खुशीले गद्गद् भएर पतञ्जली उद्योगका लागि २ सय बिगाह जमीन नै उपलव्ध गराउने घोषणा गरिदिए । भूकम्पपीडतको बास छैन, सुकुम्बासी बेहालमा छन्, भएका उद्योग धन्दा धमाधम बन्द भइरहेको छन्, सरकार योगगुरु रामदेवलाई आयुर्वेद उद्योग स्थापना गर्ने वातावरण बनाइरहेको छ ।

सुरुमा डेढअर्व लगानी भइसकेको र ५ अर्व लगानी गरेर २० हजार नेपालीलाई रोजगारी दिने घोषणा गरेका रामदेवका बारेमा उद्योग मन्त्रालयले कुनै अनुमति नदिएको बताएपछि तिनै रामदेवले बोली फेरेर भने– सबै लगानी उपेन्द्र महतोको हो । पतञ्जलीले जे काम गर्छ नेपालको कानुनअनुसार गर्छ ।

होला, कानुनअनुसार नै काम गर्नु बेश पनि हो । मूलप्रश्न के हो भने हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने नाइकेहरु रामदेवसँग अँगालो मारेर धार्मिक देखिनुको कारण के हो ?

भूकम्प पीडितको बिजोग हेर्न र राहत दिन नभ्याउने शासक, प्रशासकहरुसँग रामदेवको दर्शन गर्न र आशीर्वाद लिन समय नैसमय छ । यी कस्तो शासक, जो रोगी जनता र देशको भन्दा योगीको पछि दगुरीरहेका छन् । यस्तै हुन्छन्– धर्मनिरपेक्षतावादीहरु ?

एक विद्वानको प्रतिक्रिया छ– सिंहदरवारको बैद्यखानाको अवकाम भएन । वैद्य खाना बन्द गरिदिए भयो । सरकारी कृषि र जडिबुटी उद्यानहरु छन्, ती सबै रामदेवको हिल्ला लगाइदिए भयो ।

रामदेवले नेपालमा लगानी गरे, लगानी गर्ने अनुमतिसम्म पनि उद्योग मन्त्रालयबाट लिएका रहेनछन्, प्रहुँच र प्रभाववालालाई कानुन नै नचाहिने मुलुक बन्यो नेपाल । बाबुरामले बिप्पा सन्धि गरेर भारतको लगानी ओइरिन्छ भनेको सायद रामदेवका नाममा ओइरिन थाल्योजस्तो छ ।

3285
Shares

ट्रेन्डिङ