सबैको समाचार
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • धुलिखेलको काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’

धुलिखेलको काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’

धुलिखेलको काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’

धुलिखेल, ३० भदौँः धुलिखेल नगरपालिकाको वडा नम्बर ९ को काभ्रेभञ्ज्याङ क्षेत्र कोरोना भाइरसको ‘हट स्पोट’ बनेको छ । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले समुदाय स्तरमा ब्यापक स्वाब संकलन गरेको थियो ।

काभ्रेभञ्ज्याङमा नगरपालिकाले आइतबार १ सय जनाको स्वाब संकलन गरेको थियो । जसमा आज प्राप्त रिपोर्ट अनुसार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज थपिएकामा ७ जना पुरुष र ६ जना महिला रहेका छन् ।

आज थपिएको सहित वडा नम्बर ९ मा मात्रै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जसमा २७ जना महिला र १८ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । धुलिखेल नगरपालिकामा रहेका १२ वटा वडामध्ये २ नम्बर र १२ नम्बरमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको सक्रमण देखिएको छैन । वडा नम्बर ७ मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल नगरपालिकाले हालसम्म १ हजार १४४ जनाको स्वाब संकलन गरेको छ । त्यसमा १ हजार १३० को परीक्षण भइसकेको बताइएको छ । धुलिखेलमा कोरोना संक्रमणबाट एक जनाको मृ’त्यु भएको छ ।

५३ जना महिला र ४४ जना पुरुष गरी जम्मा ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसअघि बनेपा नगरपालिकाको वडा नम्बर १३ प्रभावित बनेको थियो । उक्त वडामा १ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका