सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कहिल्यै गयल हुँदैनन् विद्यार्थी

कहिल्यै गयल हुँदैनन् विद्यार्थी

2480
Shares
कहिल्यै गयल हुँदैनन् विद्यार्थी

३१ जेठ, काठमाडौं । अछामको कालिका आधारभूत विद्यालय बान्नीगडी जयगढमा जम्मा ६७ विद्यार्थी छन् । छात्रछात्रा सबै नियमित पढ्न आउछन् । उनीहरु पढाइमा पनि उस्तै अब्बल छन् ।
जिल्लाका अन्य ९६ विद्यालय र १ सय ७ बालविकास केन्द्रले पनि शिक्षामा राम्रो पहिचान बनाएका छन् । ‘पहिले त आधा दिनमै विद्यालय खाली हुन्थ्यो,’ कालिकाका प्रधानाध्यापक काशीराम रावलले भने, ‘खास त आउँदै आउथेनन् आए पनि आधा दिनमै गैहाल्थे । तर अचेल त्यस्तो छैन् सबै बिद्यार्थी नियमित हाजिर हुन्छन् ।’
व्यवस्थित कक्षा कोठा, बालमैत्री धारा, प्रर्याप्त खेल सामग्री, सेनिटरी प्याड र खेल्दै सिक्दै विधिका कारण नियमित पढ्न आउने विद्यार्थीको संख्या बढेको उनले बताए । बिन्देवासीनी मावि दर्ना , शान्ति मावि मार्कु, पंचकोटी आधारभूत विद्यालय दुनि र मष्टामाण्डौ आधारभूत विद्यालय मलातीकोटसहित सबै ९६ विद्यालयका विद्यार्थीहरु कहिल्यै गयल हुँदैनन् । ‘व्यवस्थापन ठूलो कुरा हो,’ सरिता मावि शान्तडाका शिक्षक रतन भण्डारी भन्छन्, ‘विकटका विद्यालयप्रति राज्यको व्यवहार फेरिएको छ ।’ राजधानी दैनिकमा खबर छ ।

2480
Shares

ट्रेन्डिङ