सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

दरबारमार्गमा ‘रोबोट परी’

3645
Shares
दरबारमार्गमा ‘रोबोट परी’

काठमाडौं, २८ असार । दरबारमार्गस्थित एसबीआई बैंक जानुभयो भने तपाईंको स्वागत एउटा रोबोटले गर्नेछ । ‘परी’ नाम गरेको यो रोबोटले तपाईंलाई बैंकिङ प्रक्रियामा समेत सघाउनेछ । आजको कान्तिपुरमा खबर छ– ‘मुलुकमै व्यवसायिक रुपमा उपयोग गरिउको यो पहिलो रोबोट हो,’ पाइला टेक्नोलजीका संस्थापक इन्जिनियर सागर श्रेष्ठले दाबी गरे ।
भारतीय राजदूत मन्जीभ सिंह, एसबीआईका सीईओ अरुन्धती बज्राचार्य र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गत शुक्रबार संयुक्त रुपमा उक्त रोबोटको उद्घाटन गरेका हुन्् । परीले बैंकमा आउने व्यक्तिलाई स्वागत गरेपछि त्यहाँ भएका चार वटा डिजिटल मेसिन कसरी चलाउनेबारे जानकारी दिने गरेको पाइलाका अर्का सदस्य दीपकमल भुसालले बताए ।
‘वेलकम टु एसबीआई इन टच’, रोबोटले बैंकमा प्रवेश गर्नेहरुलाई भन्छ । रोबोटले आफू नजिक कोही आउँदा त्यसको पहिचान गरेर ‘हेलो आई एम परी, ह्वाट डु यु वान्ट टु डु ?’ भनी नेपाली र अंग्रेजी दुवै भाषमा सोध्ने गरेको छ ।

3645
Shares

ट्रेन्डिङ