सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • श्रवाणमा सबैको जीवनमा हरीयाली छाओस

श्रवाणमा सबैको जीवनमा हरीयाली छाओस

4555
Shares
श्रवाणमा सबैको जीवनमा हरीयाली छाओस

श्रवाण महिनालाई बर्षा र हरीयालीको महिनाको रुपमा लिईन्छ । निरयन सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुसार साउनको सुरुवात असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ । शाक्य पञ्चांगका अनुसार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ । सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ । श्रावण महिना बर्षा ऋतुको पहिलो पनि महिना हो । ज्योतिष शास्त्र अनुसार श्रावण महिनामा सूर्य कर्कट राशिमा रहन्छ ।
श्रावण महिनालाई धार्मिक एंव संस्कृतिक रुपले महत्वपूर्ण रहेको पाईन्छ । धामिर्क कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरु काँवर लिएर जल चढाउने प्रचलन पनि रहि आउको छ ।
विशेष गरी यस महिनामा महिलाहरु सोमवार व्रत वस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरु असल वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ । यस महिनामा महिलाहरु हातमा मेहेन्दी, हरीयो र पंहेलो चुरा तथा वस्त्र लगाउने गर्दछन ।
-आजको काभ्रे संदेश साप्ताहिकमा रहेको सम्पादकीय

4555
Shares

ट्रेन्डिङ