सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

4310
Shares
एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

मानिसले कुनै कुरा गर्न इच्छा राखेपछि जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । अझ आफ्नै स्वास्थ्य र तन्दुरुस्तीको मामिलामा किन पछि हट्थ्यो ? अस्ट्रेलियाका एक व्यक्तिलाई पनि यस्तै हुटहुटीले सताउँदा पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् । ५२ वर्षका कार्टन विलियम्स नामक पुरुषले एक घण्टामा २६ सय ८२ पटक पुसअप गरेर दुनियामै सबैभन्दा धेरै पुसअप गर्ने मानिसको कीर्तिमान कायम गरे ।
अझ रोचक त के भने उनले आफ्नै पूरानो रेकर्ड तोडेका हुन् । उनले सन् २०१५ मा एक घण्टामा २२ सय २० पटक पुसअप गरेर कीर्तिमान राखेका थिए । यो पटक चाहीँ उनले पहिलेको भन्दा साढे चार सय पटक धेरै पुसअप गरे ।
विलियम्स अस्ट्रेलियाको एक निर्माण कम्पनीमा काम गर्छन् । उनको यो कीर्तिमान कायम गरेसँगै उनका फ्यानहरु ह्वात्तै बढेका छन् । उनको पुसअपको भिडियो सोसल मिडियामा लाखौँ मानिसले हेरिसकेका छन् ।
भिडियोमा उनले लगातार पुसअप गरिरहेका छन् । बीचबीचमा केही सेकेण्ड मात्र आराम गर्छन् र पुनः पुसअप सुरु गर्छन् । उमेर ढल्किएपछि उनी कुनै लक्का तन्नेरीभन्दा कम छैनन् र उनकेा त्यो किर्तिमान तोड्ने हिम्मत कुनै तन्नेरीले गर्न सकेको छैन ।
एजेन्सी

4310
Shares

ट्रेन्डिङ