सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रुकुमको सोती घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

रुकुमको सोती घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

2220
Shares
रुकुमको सोती घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं ।तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा अन्तरजातीय विवाहको विषयलाई लिएर ननवराज विक सहित ६ जनाको हत्या भएको घटनाको मुद्दामा आज *जिल्ला अदालतमा सुनुवाइ हुँदै छ ।

२०७७ जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । 

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । 

आज सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । त्यसप्रति प्रतिवादीहरुका तर्फबाट बहस भएपछि अदालतले फैसला सुनाउने छ ।

2220
Shares

ट्रेन्डिङ