सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • तिजको कोशेली ‘बाँदर’ (भिडियो सहित)

तिजको कोशेली ‘बाँदर’ (भिडियो सहित)

4115
Shares
तिजको कोशेली ‘बाँदर’ (भिडियो सहित)

चर्चित गायक राम थापा शिशिर र गायिका विन्दा सुन्दासको यस बर्षको तिजको कोशेली ‘बाँदर’ सार्वजनिक भएको छ । ‘जुगल फिल्मस् एण्ड एडभटाइजिङ प्रा.लि.ले बजार व्यवस्थापन गरेको उक्त गीतमा लय तथा शब्द सङ्कलन गायक शिशिरकै रहेको छ । उक्त गीत कमेडी तथा समसामयिक बिषयस्तुमा आधारित रहको छ ।
नेपाली समाजमा विदेश गएका युवाहरुमा श्रीमती बिग्रेको विषयवस्तुलाई व्यङ्ग्य गरीएको छ । खमेश श्रेष्ठको निर्देशन तथा विकास ज्ञवालीको सम्पादन रहेको सो भिडियोमा सागर गौतमको छायांकन रहेको छ । गीतमा करिस्मा ढकाल, सञ्जिव ठकुरी र यादव देवकोटा(सरापे)को अभिनय रहेको छ ।
सिन्धुपल्चोकमा जन्मिएका गायक शिशिरले अहिलेसम्म करिब तीन सय गीतमा स्वर दिई सकेका छन् । बाल्यकालदेखि नै गीतसङ्गीतमा रुची राख्ने गायक २०५८ सालदेखि पहिलो ‘पाइन दौतरी’ गीत सार्वजनिक गरेर गीतसङगीतमा प्रवेश गरेका हुन् । त्यसपछि निरन्तर रुपमा उनी यस क्षेत्रमा सक्रिय छन् । यसको साथसाथै उनले ‘जुगल पञ्चेवाजा दोहोरी साँझ’ पनि सञ्चालन गरेका छन् ।

4115
Shares

ट्रेन्डिङ