सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • मन्त्री आए, हेरेर फर्किए, बाढी पीडितको उद्धार भएन

मन्त्री आए, हेरेर फर्किए, बाढी पीडितको उद्धार भएन

2840
Shares
मन्त्री आए, हेरेर फर्किए, बाढी पीडितको उद्धार भएन

काठमाडौँ, साउन ३० । आईतवार विहान देखि हेलिकप्टर बाढी पसेको क्षेत्रमा उडेपनि पीडितको उद्दार हुन सकेको छैन । नेपाली सेनाका हेलिकप्टर मन्त्री सहित बाढीक्षेत्रमा घुमे पनि उद्दार हुन नसकेको पीडित परिवारको गुनासो छ । उद्दारको प्रतिक्षामा बसेका बाढी पीडितको ४८ घन्टा देखि अवस्था जस्ताको त्यस्तै छ । बाढी प्रभावित क्षेत्रमा गृहमन्त्रि जनार्दन शर्माले दुई पटक हवाई अनुगमन गरिसकेका छन् ।

अाजको नागरिक दैनिकमा खबर छ-त्यसपछि पशुपंक्षिमन्त्री शन्तकुमार थारुले समेत हेलिकोप्टर अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पटक पटक हेलिकप्टरवाट घुम्दा समेत एक जना बाढी पीडितको उद्धार हुन नसक्दो बाढीपिडित गुनासो छ । स्थानीय प्रशासनका अनुसार ठाकुरद्धारा, बारबर्दिया, मधुवनमा, गुलरिया र वाँसगढी नगरपालिकाका बाढी पीडित रुख र स्थानीय विद्यालयको छतमाथी उद्दारको पर्खाइमा बसिरहेका छन् ।

‘खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी छौ’, टेलिफोनमा राम बहादुर चौधरीले भने,‘हामी शनिवार दिउँसो देखि फसेका छौ, हेलिकप्टर देखेर हात हल्लाउँछौ तर,हेलिकप्टरले देख्दैन ।’ शुक्रवार मध्यरात देखि उनीहरु बाढीमा फँसेका हुन् । बाढी पीडित क्षेत्रमा नेपाली सेनाका हेलिकप्टरले उद्दारा शुरु गरेको एसपी भरत बोहराले बताए । उनका अनुसार कृष्णसार संरक्षण क्षेत्रका बाढी पीडित परिवारलाई हेलिकप्टरवाट उद्दारा गरिदैंछ। बबई वाढीवाट ठूलो संख्यमा विस्थापित भईसकेका छन् ।

2840
Shares

ट्रेन्डिङ