सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

715
Shares
विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोइलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

715
Shares

ट्रेन्डिङ