सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटक स्थल बन्दै पात्लेखेत

पर्यटक स्थल बन्दै पात्लेखेत

9250
Shares
पर्यटक स्थल बन्दै पात्लेखेत

काभ्रे, १ भदौ (सुरज श्रेष्ठ / अमृत ओझा) । पात्लेखेत होमेस्टे आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तब्य स्थल बन्न थालेको छ पात्लेखेत होमेस्टे । धुलिखेल बाट १२ कि.मि मा रहेको पात्लेखेत सामुदायिक होमेस्टेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको घुइचो लाग्न थालेको छ । काभ्रे जिल्लामा रहेका बिभिन्न एतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको भ्रमण अथवा अवलोकन गर्न आउने पर्यटकहरु आफ्नो बसोबासको स्वस्छ हावापानीको लागी पात्लेखेत सामुदायिक होमेस्टे पुग्ने गरेका छन्। नेपालि खाना, भेषभुषा, स्वस्छ हावा र सुन्दर हिमालको दृश्य, हरियाली बनजंगलको अवलोकन गर्न पात्लेखेत सामुदायिक होमेस्टे आउने गरेको होमेस्टेका अध्यक्ष केशब प्रसाद बडालले बताए।

होमेस्टे संचालन गर्नु भन्दा पहिले भाषाहरु नजानेको तर होमेस्टे खोलेपछि भाषाहरुमा सुधार हुनुको साथै सामाजिक सुदारका काम तथा गाउको बाताबरण नै स्वच्छ भएको साथै उनका अनुसार नेपाल लगाएका बिभिन्न देशका मानिसहरु आफ्नो गाउमा आउने भए पश्चात घर घरमा चर्पी बनाउने, घरआगन वरीपरि सफा गर्ने र अर्गानिक खेती गर्न तिर ध्यान गएको बडालले बताए, यस पात्लेखेत सामुदायिक होमेस्टेमा नेपाली पर्यटकको साथ् साथै बिदेशीहरुमा जापानिज, ताइवान, स्पेन, चाइनिज, अमेरिका लगाएका बिभिन्न देशका पर्यटकहरु आउने गरेका बताए।

पात्लेखेतमा रहेको पात्लेखेत सामुदायिक होमेस्टे अहिले १२ वटा संचलानमा रहेको छ । होमेस्टे खोलेपछी आयस्थरमा बृद्दी भएको, होमेस्टेबाट हामीले मार्सिक रु पन्ध्र हजार आन्दामी हुने गरेको होमेस्टे संचालकको भनाइ रहेको छ ।

होमेस्टेमा बस्न आउने पर्यटकहरुलाई बाजागाजा सहित स्वागत गरि नेपालि परम्परागत खैजेडी भजन, तामांग सेलो, नेपाली लोकगीत मादलको साथमा नेपालि नृत्य देखाई पर्यटकहरुलाइ मनोरन्जनको साथमा स्वागत गर्ने चलन रहेको संचालकको भनाइ रहेको छ, यस होमेस्टेमा आउने पर्यटकहरु पात्लेखेतबाट नजिकै रहेको एतिहासिक पर्यटकीय क्षेत्र नमोबुद्धपनि जाने गरेका बताए, होमेस्टेमा पाइने अर्गानिक नेपालि खाना सिस्नु, ढिडो, नेपालि लोकल कुखुराको मासु, सेल, टिमुरको अचार, गुन्द्रुकको अचार लगाएका नेपाली खाना खानको लागी पर्यटकहरु आउने गरेको होमेस्टेका संचालकहरु बताउछन ।

9250
Shares

ट्रेन्डिङ