सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • करेन्ट लागेर चौधरीको मृत्यु

करेन्ट लागेर चौधरीको मृत्यु

5365
Shares
करेन्ट लागेर चौधरीको मृत्यु

डडेल्धुरा, ६ भदौ । पर्शुराम नगरपालिकामा विद्युत् करेन्ट लागेर एक कामदारको आज बिहान मृत्यु भएको छ । कैलाली, हसुलिया घर भएका र केही दिनदेखि नेपाली सेनाको शिविर निर्माण गर्नका लागि नगरपालिकाको जोगबुढा आएका कामदार ३५ वर्षीय सुन्दर चौधरीको आज बिहान करेन्ट लागी मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गोविन्दसिंह बोहराले जानकारी दिनुभयो ।

चौधरीको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । चौधरी केही दिनदेखि कामको सिलसिलामा जोगबुढा पुगेका थिए । रासस

5365
Shares

ट्रेन्डिङ