सबैको समाचार
मङ्लबार, असार १८, २०८१
  • होमपेज
  •  जापानमा सञ्चालित नेपाली विद्यालयबाट जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण 

 जापानमा सञ्चालित नेपाली विद्यालयबाट जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण 

60
Shares
 जापानमा सञ्चालित नेपाली विद्यालयबाट जाम्बियाका छात्रले गरे एसईई उत्तीर्ण 

टोकियो । जापानमा सञ्चालित नेपाली विद्यालयबाट अफ्रिकन देश जाम्बियाका एक छात्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।

टोकियोस्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलबाट जाम्बियाका चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त गर्दै एसईई उत्तीर्ण गरेका हुन् ।

चिसा टाइरिस कावेजा सो विद्यालयबाट एसईई उत्तीर्ण गर्ने पहिलो विदेशी विद्यार्थी हुन् । एभरेष्टबाट यस वर्ष २३ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

एभरेष्टमा नेपाली पाठ्यक्रममा अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । स्कुलमा ४५० विद्यार्थी अध्ययनरत छन् । 

60
Shares

ट्रेन्डिङ