काठमाडौँ, भदौ १२ । भारतले वस्तु तथा सेवा कर जिएसटी लागु गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वासविपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् ।
एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मुल्य कम देखाएर राजस्व छलेको छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेको छन् । भारतले जिएसटी लागु गरेपछि बर्षौदेखि चल्दै आएको अनधिकृत ब्यापारमा कमी आउने विश्वास गरिएको थियो ।-नागरिक दैनिक