सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमाले काभ्रेको जिल्ला अधिवेशनः मतदान अन्तिम चरण, बाँस्कोटा र ब्याञ्जु नाचगानमा व्यस्त

एमाले काभ्रेको जिल्ला अधिवेशनः मतदान अन्तिम चरण, बाँस्कोटा र ब्याञ्जु नाचगानमा व्यस्त

5995
Shares
एमाले काभ्रेको जिल्ला अधिवेशनः मतदान अन्तिम चरण, बाँस्कोटा र ब्याञ्जु नाचगानमा व्यस्त

 

नेकपा एमाले काभ्रेको जारी १० औं जिल्ला अधिवेशनमा मतदान अन्तिम चरणमा पुगेको छ ।

यो समाचार तयार पार्दा सम्म ९ सय ५० जनाले मतदान गरिसकेका छन् । जिल्लामै पहिलो पटक विद्युतीय मेशिन मार्फत मतदान भइरहेको छ ।

मतदानका लागि एकै पटक ३० जनाले मेशिन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । एक जना व्यक्तिलाई सरदर १० देखि १५ मिनेट मतदानका लागि लाग्ने राम लक्ष्मण मेशिनका सञ्चालकले जानकारी दिए ।

एमाले काभ्रेमा १ हजार ४ सय ५ जना मतदाता रहेका छन् । धुलिखेल नगरपालिकाको सभाहलमा बिहान ९ बजेबाट सुरु भएको मतदान अहिले पनि जारि छ ।

भित्र सभाहलमा मतदात चलिरहदा एमाले काभ्रेका नवनिर्वाचित अध्यक्ष अशोक ब्याञ्जु, एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा,प्रदेश सांसद गोमा भुर्तेल, रेशम लामा लगायतका नेताहरु बाहिर एमालेको गीतमा मज्जाले नाचेर रमाइलो गरिरहेका छन् ।

काभ्रे एमालेमा ७९ पदका लागि २३८ जना उम्मेदवार रहेका छन् । मतदान सकिए लगत्तै मतगणना हुने निर्वाचन कमिटीका संयोजक ईश्वर बन्जाराले जानकारी दिएका छन् । मतगणनाका लागि १ घण्टाको समय मात्रै लाग्ने बताइएको छ ।

 

 

5995
Shares

ट्रेन्डिङ