सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बिहानै प्रचण्ड जब जनकपुरको चियापसलमा

बिहानै प्रचण्ड जब जनकपुरको चियापसलमा

3200
Shares
बिहानै प्रचण्ड जब जनकपुरको चियापसलमा

जनकपुर । माओवादी हेडक्वार्टर टिम अहिले २ नम्बर प्रदेशमा छ । आगामी २ असोजमा हुने निर्वाचनको तयारीका लागि माओवादी केन्द्रका अध्यक्षसहित हेडक्वार्टरका सबै नेता अहिले २ नम्बर प्रदेशका जिल्ला दौडाहामा छन् ।सोमबार विराटनगरको वृहत प्रशिक्षण तथा बैठक सकाएर हेडक्वार्टर टिम जनकपुर प्रस्थान गरेका थिए । जनकपुरमा पार्टीको प्रशिक्षण तथा बैठकमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री समेत प्रचण्ड मंगलबार बिहान जनकपुरमा मर्निङ वाल्कमा निस्केका थिए ।

मर्निङ वाल्कका क्रममा उनी जनकपुरकै एक मजदुरले चलाउँदै आएको चियापसलमा चिया पिउन पसेका थिए । सर्वसाधारण जसरी नै उनी जनतासँग बसेर चिया पिउन थालेपछि जनकपुरबासी दंग परे ।
चिया पिएपछि उनले त्यहाँ जम्मा भएका सर्वसाधारणसँग सामुहिक तस्बिर समेत खिचाएका थिए ।उज्यलो नेपाल बाट

3200
Shares

ट्रेन्डिङ