सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • सहमहामन्त्रीमा आङदाम्बे, उपाध्याय र परियार विजयी

सहमहामन्त्रीमा आङदाम्बे, उपाध्याय र परियार विजयी

4300
Shares
सहमहामन्त्रीमा आङदाम्बे, उपाध्याय र परियार विजयी

 

काठमाडौँ, पुस १ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे, महिलातर्फ डिना उपाध्याय र दलिततर्फ जीवन परियार निर्वाचित भएका छन्।

पार्टी कार्यालय सानेपामा बिहीबार भएको मतगणानामा उनीहरु विजयी भएका हुन्।आङदाम्बे र उपाध्याय शेरबहादुर देउवा समूहका हुन् भनेन परियार शेखर कोइराला समूहका हुन्।

आज सहमहामन्त्रीतर्फ आरक्षणतर्फका तीन समूहको मतगणना गरिएको हो। बाँकी शुक्रबार बिहान गरिने बताइएको छ।

बुधबार भएको मतपरिणामअनुसार महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

त्यस्तै यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए।

 

4300
Shares

ट्रेन्डिङ