सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • च्यारेटी शो मा कमाएको रकम तराइका बाढी पिडीतलाई

च्यारेटी शो मा कमाएको रकम तराइका बाढी पिडीतलाई

4150
Shares
च्यारेटी शो मा कमाएको रकम तराइका बाढी पिडीतलाई

काभ्रे,तामाङ चलचित्रका चर्चित खलनायक तथा निर्माता बिकु थोकरद्वारा निर्मित तामाङ चलचित्र म्लाङ प्वाँहार बाढी पिडितको सहयोगार्थ बनेपामा प्रदर्शन गरी प्रदान गरिने छ ।।हालै तराइमा भएको बाढीबाट पिडितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले थोकर फिल्लस प्रालिद्वारा निर्मित म्लाङ प्वाँहार चलचित्र प्रदर्शन गरिएको हो ।

गत महिना तराईमा आएको भारी वर्षका कारण तराई डुवानमा परे पछि थोकर फिल्मस प्रालिले विभिन्न ठाउँमा आफ्नो चलचित्र शो गरि आएको रकम बाढी पिडितलाई दिदै आएको छ । चलचित्रका खलनायक तथा निर्माता बिकु थोकरले आफूले तारइबासीको बिजोग हेर्न नसकेको र आफूले सक्ने सहयोग गरुँ भनेर चलचित्र प्रदर्शन गरिएको बताए । थोकरले भने, ‘मैले र मेरो चलचित्रको टिमले अहिले तराईका बाढी पिडितलाई चलचित्र प्रदर्शन पश्चात संकलित रकममा चलचित्रका कलाकार मिली केहि रकम थपेर बाढी पिडीतलाई राहत उपलब्ध गराउनेछौं ।’

थोकरले यस भन्दा पहिला पनि आफ्नो चलचित्र प्रदर्शनबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ । विशेष गरि स्कुलका विद्यार्थीहरुलाई किताव कापी, गुम्वा र बाटो लगायत क्षेत्रमा थोकरले आफूले कलाकारिता मार्फत कमाएको रकम सहयोग गदै आएका छन् ।
बनेपामा चलचित्र प्रदर्शन गरी रु १ ला ४० हजार ५ सय संकलन गरिएको थोकरले बताए । छिटै नै डुबानमा रहेको तराइमा पुगि पिडीतलाई प्रत्यक्ष राहत वितरण गरिने थोकर बताउँछन् ।

4150
Shares

ट्रेन्डिङ