सबैको समाचार
आइतवार, अशोज ४, २०८३
  • होमपेज
  • क्रियाशिल महिला पत्रकारले छानिए नयाँ नेतृत्व

क्रियाशिल महिला पत्रकारले छानिए नयाँ नेतृत्व

5490
Shares
क्रियाशिल महिला पत्रकारले छानिए नयाँ नेतृत्व

धुलिखेल / क्रियाशिल महिला पत्रकार संघ काभ्रेको तेस्रो अधिवेशन आज (सोमबार) सम्पन्न भएको छ । अधिवेशनले सजना आर्चायको अध्यक्षतामा पछि दुई जना थप्ने गरि ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । उपाध्यक्षमा काजल तामाङ, सचिवमा सिर्जना तामाङ, सह–सचिवमा सनम सुवाल,कोषाध्यक्षमा अञ्जली तामाङ, सदस्यहरुमा सविता न्यौपाने, पुष्पा राई हायू, अस्मिता खत्री र मिना लामा रहेका छन् ।

नेपाल पत्रकार महासंघ, काभ्रे शाखाका उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा गैरसरकारी खानी खोला गाउँपालिकाका उपाध्यक्ष रुकमणि गरुङ, संस्था महासंघ, काभ्रेका कोषाध्यक्ष गंगा लामा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणका रिता मानन्धर अतिथि रहेका थिए । निर्वतमान अध्यक्ष सरस्वती श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सजना आचार्यले गरेका थिए ।

5490
Shares

ट्रेन्डिङ