काभ्रे,भाद्र २७ ,३बर्षपछि काभ्रेमा बनेपा मेला–महोत्सवको तयारी सम्पन्न भएको छ । महोत्सव भोलिदेखी सुरु हुदैछ । विजया दशमीको अवसर पारेर भदौ २८ गतेदेखि असोज १० गतेसम्म ‘बनेपा महोत्सव’ हुन लागेको हो । बनेपा व्याइज क्लवको आयोजनामा कला, सस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले ‘उग्रेश्वर व्यापारिक, सास्कृतिक मनोरञ्जनात्मक खेल मेला– बनेपा महोत्सव २०७४’ हुन लागेको हो ।
मेलालाई लायन्स क्लव अफ काभ्रे बनेपा, काभ्रे जेसीज, काभ्रे महिला जेसीज, लियो क्लप अफ बनेपा, टिम बिबिसी, राष्ट्रिय काभ्रेली कलाकार संघ लगायतका संस्था सहआयोजक छन् । फुुटबल खेलका अतिरिक्त उग्रेश्वर मन्दिर र कला, सस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागेको क्लवका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । दशैको समयमा एकै स्थानमा सर्वसुलभ किनमेल गर्न सहज होस् भन्ने पनि मेला आयोजना गरिएको उनले जानकारी दिए । मेलामा कृषि, घरेलु सामाग्री लगायतका १ सय भन्दा बढी व्यापारिक स्टलहरु बुकिङ भइसकेको कर्माचार्यले जानकारी दिए । महोत्सवमा नृत्य प्रतियोगिताका साथै मिनि फुटबल र महिला भलिवल प्रतियोगिता समेत हुने मुख्य संयोजक हरिकुमार कर्माचार्यले जानकारी दिए ।
बालबालिकाको मनोरञ्जन का लागि बाल उद्यान स्थापना गरिनेछ । प्रत्येक दिन राष्ट्रिय स्तरका तथा स्थानीय प्रतिभावान कलाकारबाट सास्कृतिक प्रस्तुती हुने संयोजक मणिकुमार तुम्राकारले जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पु्गेको पनि कर्माचार्यले जानकारी दिए । उद्घाटन सत्रमा बाजागाजा झाँकी समेत प्रदर्शन गरिने कार्यक्रम निर्माण तथा संचालन संयोजक सचित खड्काले जानकारी दिए । काभ्रे जिल्लामा रहेका संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी ¥याली र परम्परागत बाजागाजा सहित विभिन्न क्लब, स्कूलहरु, संघसंस्था सम्मिलित ¥याली बनेपाको बसपार्कबाट सुरु गरी बनेपा बजारलाई परिक्रमा गरी कार्यक्रम शुरु गरिने छ ।
आयोजकले मूल समारोह समिति र उपसमिहरुमार्फत कामलाई तीव्रता दिइरहेको बताएको छ । विभिन्न उपसमितिहरुले तदारुकताका साथ काम भइरहेको जनाएका छन् । महोत्सवको सञ्चारमन्त्रीद्धारा उद्घाटन गर्ने बनेपा महोत्सको भदौँ २८ देखि सुरु हुने महोत्सवको उद्घाटन सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गर्ने कार्यक्रम तयार भएको जायोजकले जनाएको छ । बनेपा नगरपालिका देखि ¥याली सहित बिहान ११ः०० बजे उद्घटान गर्ने कार्यक्रम तय भएको छ ।