सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • लौ आयो स्तन क्यान्सर पत्ता लगाउने अनौठो ब्रा !

लौ आयो स्तन क्यान्सर पत्ता लगाउने अनौठो ब्रा !

3395
Shares
लौ आयो स्तन क्यान्सर पत्ता लगाउने अनौठो ब्रा !

मेक्सिकोका एक युवकले स्तन क्यान्सर पत्ता लगाउने ब्राको आविष्कार गरेका छन् । १८ वर्षीय जुलियन रिओसले आविष्कार गरेको उक्त ब्राले स्तन क्यान्सरको पूर्व लक्षणहरु पत्ता लगाउन सक्ने बताइएको छ । उनी र उनका तीन साथीहरु मिलेर एउटा कम्पनी खोलेपछि अहिले उनीहरु यसको उपयोगिता बढाउने पहिलो चरणमा छन् । उनीहरुले त्यसका लागि पुग्दो लगानीको बन्दोबस्त गरेर विभिन्न परिक्षण समेत गरिसकेका छन् । ग्लोबल इन्टरप्रेनर स्टुडेन्टले उनीहरुलाई अवार्डले सम्मानित गरिसकेको छ ।
कसरी काम गर्छ यो ब्राले ?
क्यान्सर भएपछि शरीरमा रगतको बहाव पनि बढ्छ र यसले हाम्रो शरीरको तापमानमा असर पार्छ । यस्तोमा इभा ब्राको मुख्य काम भनेको त्यसमा जडान गरिएको बायोसेन्सरहरुले शरीरमा हुने अचानक परिवर्तनहरु पत्ता लगाएर मोबाइल फोनमा एउटा एपको मद्दतले मान्छेलाई सावधान गराउँछ । यसले तापक्रम र अन्य शारीरिक गतिविधिहरुमा आएका बदलावहरु सजिलै पत्ता लगाउन सक्छ ।
यसबाट उचित परिणाम हासिल गर्नका लागि महिलाले हप्तामा ६० देखि ९० मिनेटसम्म यो ब्रा लगाउँदा हुने बताइएको छ । जुलियन रिओसले यस्तो ब्राको आविष्कार गर्ने प्रेरणा आफ्नी आमाबाट पाएका हुन् । उनी १३ वर्षको हुँदा स्तन क्यान्सरका कारण उनकी आमा सिकिस्त बिरामी थिइन् । पहिले नै लक्षण पत्ता नलागेका कारण उनकी आमा मृत्युको मुखबाट बाँचेकी थिइन् । त्यसपछि जुलियनले आफ्ना केहि साथीहरु बोलाएर यस प्रोजेक्ट सम्बन्धी छलफल गरे र अब आउँदो केहि महिनामै यो बजारमा बिक्रीका लागि राखिनेछ ।
-एजेन्सी

3395
Shares

ट्रेन्डिङ