सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रोट्रयाक्ट नृत्यको उपाधि बनेपालाई

रोट्रयाक्ट नृत्यको उपाधि बनेपालाई

4385
Shares
रोट्रयाक्ट नृत्यको उपाधि बनेपालाई

काभ्रे, ५ असोज । रोट्राक्ट क्लव अफ पनौतीको आयोजनामा पनौतीमा आयोजित ‘रोटा एबिसिडी (एनि बडी क्यान डान्स) नृत्य प्रतियोगिताको उपाधि रोट्रयाक्ट क्लब अफ बनेपाले जितेको छ । रोटरी क्लव अफ पनौतीका अध्यक्ष डा. नारायणचरण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा द्वितीय स्थान रोट्रयाक्ट क्लव अफ भक्तपुर तथा तृतिय स्थान प्रमिला परियारले ल्याउन सफल भएका थिए । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि डा. श्रेष्ठ तथा अतिथिहरुले पुरस्कार एवं प्रमाण पत्र वितरण गरेका थिए ।

रोट्रयाक्ट क्लव अफ पनौतीका अध्यक्ष मनिषा श्रेष्ठको स्वागत सँगै नृत्य प्रतियोगिताको औचित्य माथि प्रकाश पादै सुरु भएको प्रतियोगितामा मौलिक नेपाली संस्कृति झल्कने लोकनृत्य, नेपालमा तेस्रोलिङ्गीलाई समानता, महिला शसक्तिकरण जस्ता सन्देश झल्कने नृत्यका साथै हिप हप तथा अन्य विधाका नृत्यहरु प्रस्तुत गरिएको थियो । प्रतियोगितामा कलाकार, नृत्य निर्देशक तथा निर्देशक अमरकृष्ण चन्द, नृत्य निर्देशक नारायण हेंगजु श्रेष्ठ तथा नेपाल गट ट्यालेन्टका विजेता रोनी श्रेष्ठले निर्णयकको भूमिका निभाएका थिए ।

कार्यक्रममा डा. श्रेष्ठ लगायत विशिष्ट अतिथि इमिडियट पास्ट डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टिव अध्यक्ष २०१६–१७का रोट्रयाक्टर शुसिलकुमार कार्की, रोट्रयाक्ट डिष्ट्रिक्टका कम्युनिटी सर्भिस निर्देशक कमला झा, गोरखनाथ यूवा क्लवका अध्यक्ष सुदिप न्यौपाने, गायक हरि कर्माचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रोट्रयाक्टर शुसिलकुमार कार्कीले देश तथा समाज निर्माणमा यूवाहरुको भूमिका बारे धारणा राखेका थिए भने क्लवका सचिव आशुतोष के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए । सोहि कार्यक्रममा डायबिटिज इसक्रिनिङ एण्ड अवेरनेसका लागि रोटा लटरी २०१७ समेत संचालन गरिएको थियो । जसमा क्रमशः पनौतीका सरुन श्रेष्ठ, रोट्रयाक्टर एक्टिव तौजले र राजेशकुमार श्रेष्ठ प्रथम, द्वितीय र तृतीय भएका थिए ।

4385
Shares

ट्रेन्डिङ