सबैको समाचार
सोमवार, असार ३, २०८१
  • होमपेज
  • अध्यक्षको घरमा बम बिष्फोट, एक जना घाइते

अध्यक्षको घरमा बम बिष्फोट, एक जना घाइते

3955
Shares
अध्यक्षको घरमा बम बिष्फोट, एक जना घाइते

सप्तरी / सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति कुकर बम बिस्फोट भएकाे छ । बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । विष्फोटमा गोईतको ढाडभन्दा तल छर्रा लागेको तथा समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुकाे समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिनुभयो । यसैबीच जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले भ्रष्टाचारकाे बिराेधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फाेटकाे जिम्मा लिएकाे छ ।

गोईत समूहले जारी गरेकाे विज्ञप्तीमा तराईमा भ्रष्टाचार बिरोधी अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँपालिकाको भ्रष्ट अध्यक्ष दयानन्द गोइतको निवासमा प्रेसर कुकर बम कार्वाही स्वरूप विष्फोट गराएको दावी गरेका छन । साथै जारी विज्ञप्तीमा भ्रष्टाचार(अपराध) जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनी दिइएकाे छ ।

3955
Shares

ट्रेन्डिङ