सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पाँच जिल्लाका भुकम्प प्रभावित बालबालिका लागि सहयोग

पाँच जिल्लाका भुकम्प प्रभावित बालबालिका लागि सहयोग

4725
Shares
पाँच जिल्लाका भुकम्प प्रभावित बालबालिका लागि सहयोग

काभ्रे,असोज ५,राजकुमार गोले,DSME  तामाङ सामाज,खजेदो दक्षिण कोरियाद्वरा भुकम्प प्रभावित पाँच जिल्लाका बालकालिकाहरुलाई लक्षित गरी शैक्षिक सामाग्री बितरण गरिएको छ ।
कोरियामा श्रम र पसिना बगाई कमाइएको रकम जम्म गरी काभ्रे, गोर्खा, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुर जिल्लामा रहेको विभिन्न विद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

मनहरी गाउँपालिका(२, भुन्द्रुङ टाडी, मकवानपुरका महसीता माध्यामिक बिध्यालयलाई ३ थान कम्प्युटर र ७० जना विधार्थीलाई शैक्षिक सामाग्री , धार्चे गाउँपालिका, पौटु लापु–७, गोरखाका शान्ती प्रा.बि., २२ जना विधार्थीलाई शैक्षिक सामाग्री ,स्कुल ब्याग र स्कुल ड्रेस बितरण गरिएको छ ।

त्यसैगरी हेलम्बु गाउँपालिका–५, सिन्धुपाल्चोकका सर्वोदय आधारभुत विध्यालयलाई १५ थान फलामको बेन्च र ९५ जना विधार्थीलाई शैक्षिक सामाग्री , सागाचोक गढी नगरपालिका–१०, जल्केनी, हर्रे, सिन्धुपाल्चोकका रामदेवी मा.बिलाई , २ थान कम्प्युटर र बितरण, ३०० जना विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

माप्ले मा.बि., दुप्चेश्वर गाउँपालिका–२, नुवाकोटलाई ३१ जना विधार्थीलाई स्कुल ड्रेस बितरण गरिएको हो ।सुर्यदय प्रा.बि., गोठपानी–९, लामाटार, काभ्रेका ४५ जना विधार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । श्रीजना प्रा.बि., पाँचखाल नगरपालिका –१, अनैकोट, काभ्रेलाई १०१ शैक्षिक सामग्री बितरण गरिएको DSME तामाङ सामाज,खजेदो दक्षिण कोरियाका अध्यक्ष  ले जानकारी गरएका हुन l

4725
Shares

ट्रेन्डिङ