सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राप्रपा अध्यक्ष चर्चित डन दिपक मनाङ्गे सम्पूर्ण जिल्ला कार्य समिति सहित एमाले प्रवेश

राप्रपा अध्यक्ष चर्चित डन दिपक मनाङ्गे सम्पूर्ण जिल्ला कार्य समिति सहित एमाले प्रवेश

3245
Shares
राप्रपा अध्यक्ष चर्चित डन दिपक मनाङ्गे सम्पूर्ण जिल्ला कार्य समिति सहित एमाले प्रवेश

१८ असोज ,काठमाडौं । चर्चित डन दिपक मनाङ्गे नेकपा एमाले प्रवेश गरेका छन् । राप्रपा मनाङका जिल्ला अध्यक्ष समेत रहेकमा मनाङ्गे ६१ सदस्यीय जिल्ला कार्य समिति सहित एमालेमा प्रवेश गरेका हुन् ।

काठमाडौंको होटल मस्र्याङ्दीमा आयोजित एक कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष पाल्देन गुरुङले मनाङ्गे सहित राप्रपा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई एमालेमा स्वागत गरेका छन् । आगामी असोज २८ गते जिल्लामा आमसभा आयोजना गरेर एमालेका ठूला नेताको हातबाट टिका लगाउने कार्यक्रम रहेको मनाङ्गेले बताए ।

२०७० सालको संविधानसभा चुनावमा मनाङमा कांग्रेसले जित्दा राप्रपा दोस्रो थियो । यसपटकका स्थानीय चुनावमा कांग्रेस र एमालेले बराबरी दुई-दुई स्थानीय तह जितेका छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जित सुनिश्चित गर्न एमालेले मनाङ्गे सहित राप्रपाको सिंगो कार्य समितिलाई पार्टीमा बिलय गराएको जिल्ला अध्यक्ष पाल्देन गुरुङले बताए ।-लाईक नेपाल बाट

3245
Shares

ट्रेन्डिङ