सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

4335
Shares
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले दिनुभएको जानकारी अनुसार पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुनेछ ।

उहाँले यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभएको छ । चुनावको मुखमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट हुनुभएको थियो । उहाँले तत्काल मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएलगत्तै निगमले पुरानै मूल्यमा कारोबार हुने बताएको हो ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।

4335
Shares

ट्रेन्डिङ