सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग

काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग

2750
Shares
काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग

काभ्रे, १६ कार्तिक । काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन आज लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ । उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको क्षेत्र नं १ मा रेशम लामा र प्रदेशसभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा दिलबहादुर योञ्जन, रोहित बादे र प्रदेशसभामा रामकृष्ण सापकोटा, कृष्णगोपाल पाण्डेको नाम सिफारिस भएको बताइएको छ । केन्द्रले पनि मिलाउन चाहेन र काँग्रेसले पनि मिलाउन सकेन त्यसैले गठबन्धनबाट हामी अलग भयौँ केसीले भन्नुभयो । राप्रपा प्रजातान्त्रिक सरकारमा समेत सहभागी छ ।

2750
Shares

ट्रेन्डिङ