सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आतकंकारी सँग साँठगाठ गरि जनता र्तसाउन खोज्दैे एमाले :पाण्डे

आतकंकारी सँग साँठगाठ गरि जनता र्तसाउन खोज्दैे एमाले :पाण्डे

9390
Shares
आतकंकारी सँग साँठगाठ गरि जनता र्तसाउन खोज्दैे एमाले :पाण्डे

काभ्रे ,नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले इन्टरपोलको रेडकर्नर नोटिसमा समेत हाल सम्म पनि पुष्पकमल दाहालको नाम आतंककारीको सुचिमा रहेको भन्दै आतकंकारी सँग साँठगाठ गर्ने नेता केपी ओली र उनको पार्टीको हैसियत के हो अब खोज्ने बेला आएको आरोप लगाएका छन् ।

काभ्रेको भकुण्डेबेशीमा नेपाली काँग्रेसको प्रतिनिधी सभा क्षेत्र नम्बर १ को बृहत चुनावी आम सभा तथा साँस्कृतिक कार्यक्रम बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आतंककारी नै रहेको आरोप लगाएका हुन् ।

उनले कार्यक्रममा बोल्दै अहिले एमाले एमाले होइन माओवादी हो । केपी ओली र पुष्पकमल दाहाल आतंककारी भएको भन्दै आतंककारी सँगै ठग समेत रहेको आरोप लगाए । बाम गठबन्धनको जित भयो भने उद्योग धन्दा कलकारखानाको खुल्ने भन्दा पनि खुलेका उद्योग धन्दा बन्द हुने र बिभिन्न संगठनका नाममा लुटपाटका साथै बन्द गराउने अबस्थामा पु¥याउने बताए ।करिब ७ हजारको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले कांग्रेसको विकल्पको रुपमा कुनै पार्टी नभएकोले कांग्रेसका उम्मेदवारहरुलाई मतदिई विजयी गराउन आम मतदातालाई आग्रह गरे ।

वामका नेताहरुले जस्तो संबैधानिक आरोप पत्यारोप लगाउनु भन्दा पनि गरिब जनताको विकास र सुख समृद्धिका लागि काँग्रेस पार्टी राजनितिका सकृय रहेको दाबी गरे । नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र पार्टी एकिकरणको कुरा अप्राकृतिक रहेको भन्दै बाम गठबन्धन बाट काँग्रेस नडराएको बताउँदै बाम गठबन्धनका कारण काँग्रेसका साथै लोकतान्त्रीक गठबन्धन लाई फाइदा पुगेको खुसि ब्यक्त गरे । दुइ पार्टीको गठबन्धन जनताको सुख र खुसिका लागि भन्दा पनि छिमेकी देशको स्वार्थ पुर्तीका लागि गठबन्धन गरेको बताए । गठबन्धनका नेताले ५० बर्षका लागि भोट मागनु भनेको निरकंशताको लागि लाने प्रयास हो ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बिशेष अतिथि बहादुर सिं लामाले कोखदेखि शोकसम्म साथ दिने नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे । ‘काँग्रेसले अघिल्लो निर्वाचनमा संविधान बनाउँछु भनेको थियो बनायो अब विकास गर्छौ भोट दिनुस ।’ –लामाले भने । एमाले र माओवादी केन्द्रको गठबन्धन झुटो भएको बताउँदै लामाले यसले काँग्रेसलाई केहि फरक नपर्ने बताए । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक एवं निवर्तमान सभापति शिवप्रसाद हुमागाईले बम पड्काएर काँग्रेसलाई नतर्साउन चेतावनी दिए । लोकन्त्रबादीहरुले जित्ने पक्का भएपछि कम्युनिष्ट गठबन्धन तर्सिएको आरोप लगाए । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य सत्यमान लामाले विकासको कार्य काँग्रेसले जिते पछि शुरु भएकोले अब पनि विकास गर्न काँग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
विपी राजमार्गको उदाहरण दिदै काँग्रेसको पहलमा बनेको राजमार्गबाट धेरैको जिवनस्तर उठेको उनको भनाई थियो । दजबपगलमभ बबmकजबदजब (छ)कार्यक्रममा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का उम्मेदवार तिर्थ लामाले समुन्नत काभ्रेको विकास र क्षेत्र नं. १ लाई समृद्ध पार्न कांग्रेसले शुरु गरेको विकाशको अभियानलाई पुरा गर्न पनि कांग्रेलाई मत दिन आग्रह गरे । आफूले सबै दललाई उत्तिकै सम्मान गर्ने बताउँदै लामाले भने ‘उनीहरुसँग काभ्रे क्षेत्र नं. १ को विकासको कुनै खाका र एजेण्डा नभएको र मियो बिनाका दाँईलाई विस्वास नगर्नुस ।’ रोशी क्षेत्र, कोशी, तिमाल र डाँडापारी क्षेत्रमा आफू सांसद हुँदा शुरु गरेको विकास अभियानलाई पुरा गर्न पनि कांग्रेसलाई भोट दिन आवश्यक भएको लामाको जीकिर गरे ।
कार्यक्रममा काभ्रे प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा २ का उम्मेदवार गणेश लामाले विकास र समृद्धिका लागि कांग्रेसलाई मत दिन आग्रह गरे । उनले समाजवादको सिद्धान्त बमोजिम नै मुलुकमा गणतन्त्र र संविधान निर्माण भएको छ भन्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अंगिकार गर्दै कांग्रेसले नै सबै जातजाति, भाषा, धर्मसहितको राजनीतिक एकता कायम गर्ने भएकोले विकासको मुहान फुटाउने कांग्रेसलाई मत दिन आग्रह गरे । आफू सांसद वा कुनै नेतृत्वमा नहुँदा पनि काभ्रेको विकासमा लागि परेको बताउँदै उनले नेतृत्वको जिम्मेवारी प्राप्त भएसँगै आम काभ्रेलीका आवश्यकतालाई पुरा गर्ने बताए । आफ्नो क्षेत्र विकास, शिक्षा र स्वास्थका दृष्टिले पछि परेको बताउँदै ती भेगका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

काभ्रे प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा १ का उम्मेदवार चन्द्रबहादुर (सिबी) लामाले काँग्रेस सबैलाई मिलाएर हिड्ने अभिभावक पार्टी भएकोले देश र जनताको हितका लागि सोचेर काम गर्ने जिम्मेवारी नेपाली काँग्रेसमा रहेको तर्क गर्दै कांग्रेसका उमेदवारलाई मत दिनु पर्ने बताए । लामाले संविधान निर्माण र कार्यान्वयनका लागि अग्रणी भूमिका निर्वाह गर्ने कांग्रेस नै कोशीपारी र डाँडापारीको विकासको साझेदार बन्ने भएकोले कोख देखि शोकसम्म साथ दिने कांग्रेसलाई भोट दिन आग्रह गरे । बाम गठबन्धन चुनावमा नतिजा कुम्ल्याउन बनेको अपवित्र र स्वार्थ बोकेको गठबन्धन भएकोले उनीहरुको विस्वास र मिठा कुरामा नभुल्न आग्रह गरे ।

नेपाली काग्रेसका जिल्ला सचिव एवं निर्वाचन परिचालन १ का संयोजक दिनेश लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा इन्द्रमणी अधिकारी, तीर्थ पसखल, हर्षजित लामा, शंखबुद्ध लामा, रमेश प्र हुमागाई, सत्यमान लामा, केशव रायमाझी, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा, रोशी गाउँपालिका अध्यक्ष डि.बी लामा, नेपालि काग्रेस पनौती नगरपालिकाका सभापति रामशरण भण्डारी, नेपाली काग्रेस नमोबुद्ध नगरपालिकाका सभापति कुसाङ लामा लगायतले अबको निर्वाचनमा नेपाली काग्रेसलाई मत दिई विजय गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी करिब २ सय युवाहरु कांग्रेस प्रवेश गरेका थिए । प्रबेश गर्नेहरुमा २८ बर्ष एमालेमा रहेका रोशी ७ का मोहन गौतम लगायत प्रवेश गरेका थिए । कार्यक्रममा ग्लुमी गाइजका भोकलिष्ट एवम साँस्कृतिक संघ नेपाल काभ्रेका अध्यक्ष हरि कर्माचार्य, रोज मोक्तान, प्रिति आले, मरिचमान श्रेष्ठ बल्छी धुर्वे लगायतका कलाकारहरुले मनोञ्जन प्रदान गरेका थिए ।
-काभ्रे सन्देश साप्ताहिक बाट

9390
Shares

ट्रेन्डिङ