सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • स्वस्थ सहर धुलिखेल निमार्णका लागि सात बुँदे स्वास्थ्य प्रतिवद्धता पत्र जारी

स्वस्थ सहर धुलिखेल निमार्णका लागि सात बुँदे स्वास्थ्य प्रतिवद्धता पत्र जारी

12185
Shares
स्वस्थ सहर धुलिखेल निमार्णका लागि सात बुँदे स्वास्थ्य प्रतिवद्धता पत्र जारी

 

काभ्रेको धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले स्वस्थ सहर धुलिखेलको योजना तयारीको लागि प्रतिवद्धता पत्र जारी गरेको छ ।

आज यस सम्बन्धी छलफल तथा सुकुटे बिचको स्वास्थ्य सेवा समिक्षा कार्यक्रममा सात बुँदे स्वास्थ्य प्रतिवद्धता पत्र जारी गरिएको हो । यसले धुलिखेललाई स्वस्थ सहर बनाउने अभियान कार्यक्रममा थप बल पुगेको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शहर कार्यक्रममा राजनैतिक प्रतिवद्धताको लागि सबै राजनैतिक दलहरु संगको सहकार्य तथा जनप्रतिनिधीहरुको प्रतिवद्धता सहित अपनत्व बढाउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै स्वास्थ्य शहर अभियानलाई अन्र्तराष्ट्रिय तथा राष्ट्रिय स्वास्थ्य सेवाको मूल प्रवाहमा समावेश गर्न पहल गर्ने,स्वास्थ्य वातावरण, नसर्ने रोग,पोषण तथा स्वास्थ्य प्रवर्धनका कार्यक्रमा जोड दिने,धुलिखेल नगरका शिक्षकहरुलाई विषेश स्वास्थ्य तालिम सहित स्वास्थ्य क्षेत्रमा प्रवर्धनात्मक तथा जनचेतनाका कार्यक्रममा सहभागि गराउने लगायतका प्रतिवद्धता पत्रमा उल्लेख गरिएकोे छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा. झलक गौतम,स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढार्इँ तथा धुलिखेल नगरपालिका उप प्रमुख बिमला शर्मा र शिक्षा, लेखा,राजश्व भौतिक पुर्वाधार लगाएतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ प्रतिवद्धता पत्र

12185
Shares

ट्रेन्डिङ