सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • सुपरस्टार नागार्जुनका छोरा नागाले गरे ईन्गेजमेन्ट

सुपरस्टार नागार्जुनका छोरा नागाले गरे ईन्गेजमेन्ट

5085
Shares
सुपरस्टार नागार्जुनका छोरा नागाले गरे ईन्गेजमेन्ट

दक्षिण भारतीय अभिनेता नागा चैतन्य अक्किनोकीले अभिनेत्री सामन्था रुथ प्रभुसँग ईन्गेजमेन्ट गरेका छन् । नागा दक्षिण भारतका सुपरस्टार नागार्जुनका छोरा हुन् ।
उनीहरुको ईन्गेजमेन्टको चाखलाग्दो कुरा के भने सात वर्ष पहिलेको आफ्नै सिनेमा ‘ये माया चेसवे’कै स्टाईलमा एकअर्कालाई औँठी लगाईदिएका छन् । उनीहरु यो सिनेमामा पनि प्रेमी प्रेमिकाको भूमिकामा थिए । यो सिनेमा सामान्थाको डेब्यु सिनेमा थियो ।
बिगत ८ वर्षदेखि नागालार्ई डेट गरिरहेकी सामान्थाले गत वर्ष मात्रै उनीसँगको सम्बन्धलाई आधिकारिक रुपमा स्वीकार गरेकी थिईन् । केही समय अघि मात्रै एक अन्र्तवार्तामा सामन्थाले सिनेमा उद्योगमा आएपछि पहिलो साथी नै नागा भएको बताएकी थिईन् । छोटो समयमै एकअर्काको मिल्ने साथी भएका उनीहरु अब जीवन साथी नै हुने भएका छन् ।
२९ वर्षिय सामन्था दक्षिण भारतकी व्यवसायिक रुपमा सफल अभिनेत्री हुन् । २०१० मा सिनेमा ‘ये माया चेसवे’बाट ब्रेक लिएकी उनले छोटो समयमै सफलता पाएकी हुन् । उनले तीन दर्जन सिनेमामा काम गरिसकेकी छिन् ।
सामन्थासँग तुलना गरेर हेर्दा नागाको फिल्मी करिअर उनको जति सफल देखिँदैन । तर बुबा नागार्जुनका कारण उनको स्टारडम राम्रै छ । नागाले दक्षिण भारतका एक दर्जन भन्दा बढी सिनेमामा काम गरेका छन् ।

5085
Shares

ट्रेन्डिङ