सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • फिल्म ‘प्रेम गीत–३’ दर्शकका लागि अर्को आकर्षणको केन्द्र बन्नसक्ने

फिल्म ‘प्रेम गीत–३’ दर्शकका लागि अर्को आकर्षणको केन्द्र बन्नसक्ने

5130
Shares
फिल्म ‘प्रेम गीत–३’ दर्शकका लागि अर्को आकर्षणको केन्द्र बन्नसक्ने

काठमाडौं , पुष , १२ ,  फिल्म ‘प्रेम गीत–३’ निर्माण युनिटले राते काँइलाको उपनामले चिनिएका कलाकार सुनिल थापाको नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा कलाकार थापा निकै भिन्न लुक्समा देखिएका छन्। लाग्छ फिल्ममा थापाको भूमिका शसक्त छ।

हिउँ परिरहेको अवस्थामा अभिनेता सुनीलको पदयात्रा पोस्टरमा आकर्षक देखिन्छ। यससँगै उनले लगाएको परम्परागत पोशाक फिल्मका दर्शकका लागि अर्को आकर्षणको केन्द्र बन्नसक्ने निर्माण युनिटको बुझाइ छ। निर्माण युनिटले फिल्ममा अभिनेता थापाको भूमिका के हो भन्ने नखुलाए पनि उनको आगमन विशेष रहने निर्माता सन्तोष सेनको भनाइ छ। दुई सिक्वेलको सफलतापछि निर्माण भइरहेको ‘प्रेमगीत–३’ मा अभिनेता थापासँगै, शिव श्रेष्ठ, प्रदीप खड्का, नवअभिनेत्री क्रिष्टिन गुरुङ, अनुभव रेग्मीलगायतको अभिनय रहने छ।

फिल्मलाई छेतेन गुरुङ र निर्माता सेन स्वयंले संयुक्त रूपमा निर्देशन गरिरहेका छन्।

5130
Shares

ट्रेन्डिङ