सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बलिउड अभिनेता वरूण धवन घाइते

बलिउड अभिनेता वरूण धवन घाइते

1735
Shares
बलिउड अभिनेता वरूण धवन घाइते

मुम्बई | बलिउड अभिनेता वरूण धवन घाइते भएका छन्। उनी ‘भिडी १८’ को छायांकन सेटमा घाइते भएका हुन्।

उनी मुम्बईमा एक एक्सन सिन सुट गरिरहेका थिए। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको खुट्टामा फलामको रड खसेर चोट लागेको हो।

उनी घाइते भएपछि फिल्मको छायांकन रोकिएको छ। उनी ठिक नभएसम्म फिल्मको छायांकन नहुने निर्माण टिमले बताएका छन्। उनी अहिले आराम गर्दैछन्।

पछिल्लो समय उनी अभिनीत फिल्म ‘बवाल’ प्रदर्शन भएको थियो। यो फिल्म ओटिटी प्लेटफर्ममा प्रदर्शन गरिएको थियो। यस फिल्ममार्फत उनले निकै चर्चा बटुलेका थिए। फिल्ममा उनीसँगै जाह्नवी कपूरको अभिनय थियो।

वरूणको आगामी फिल्म ‘भिडी १८’ सन् २०२४ मा प्रदर्शन हुने बताइएको छ। यो तमिल फिल्म ‘थेरी’ को रिमेक हो।

1735
Shares

ट्रेन्डिङ