सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कृषिमा पचास प्रतिशत विनियोजन गर्न माग

कृषिमा पचास प्रतिशत विनियोजन गर्न माग

3565
Shares
कृषिमा पचास प्रतिशत विनियोजन गर्न माग

प्रकृति –मानवकेन्द्रित जनान्दोलन नेपाल एकाइले आयोजना गरेको सातौँ जनसार्क सम्मेलनले सार्क क्षेत्रका बाँडफाँट, सीमाद्वन्द्व, श्रमिक समस्या, सामान सहित मानिसको प्रवेशाज्ञारहित आवतजावत जस्ता विषय शान्तिपूर्ण रुपमा समाधान गर्न आग्रह गर्दै एघारबुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनले सीमान्तकृत, गरिब र कुनैै लाभ नपाएका जनताका लागि खाद्य सुरक्षा, शुद्ध खानेपानी, सरसफाइ, उचित शिक्षा र स्वास्थ्य तथा कृषिमा कुल बजेटको ५० प्रतिशत विनियोजन गर्न पनि माग गरेको छ । त्यस्तै सुशासन र मानवाधिकार, सन्तुलित आर्थिक अवस्थामा जोड दिँदै संयुक्त राष्ट्र सङ्घमा कसैको पनि ‘भिटो पावर’हुन नहुने, विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको समस्या हल गर्न विश्वका नेताहरुलाई आग्रह गरिएको छ ।
आणविक हतियार जम्मा गर्ने कार्यको विरोध गर्दै सम्मेलनले सार्क क्षेत्रलाई आणविक हतियारमुक्त घोषणा गर्न पनि माग गरेको जनसार्कका नेपाल शाखा अध्यक्ष दीनदया रिजालले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, भुटान, दक्षिण कोरिया,चीन जापान र श्रीलङ्काका प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता थियो । रासस

3565
Shares

ट्रेन्डिङ