सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बाढी पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

बाढी पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

595
Shares
बाढी पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

काभ्रे । अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस्तै बाढीबाट ८ जना घाइते तथा १४ जना बेपत्ता रहेका छन् ।

विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको तथा ३३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

595
Shares

ट्रेन्डिङ