सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

7270
Shares
नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘बुलबुल’

फागुन २८, काठमाडाैं ; विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गरेको जानकारी दिए ।

गतसालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो । तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।

यसैबीच ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी दियो । रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार र बजेटका फिल्मको चपेटामा परेको फिल्मले चौथो हप्तासम्म प्रदर्शन भईरहेको छ।

नेपाली दर्शकलाई राम्रै रिझाउन सफल फिल्म ८० लाख लगानीमा बनेको थियो । हालसम्म फिल्मले १ करोड ५० लाखको ब्यवसाय गरेको छ । फिल्म हालै अष्ट्रेलिया प्रदर्शनका लागि १२ लाखमा सम्झौता भएको निर्देशक पौडेलको भनाई रहेको छ ।

 

-रातोपाटीबाट

7270
Shares

ट्रेन्डिङ