सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • डि.ए.आर मुभिजले गायीका शर्मिला श्रेष्ठमाथि कानुनी प्रक्रियामा जाने

डि.ए.आर मुभिजले गायीका शर्मिला श्रेष्ठमाथि कानुनी प्रक्रियामा जाने

5535
Shares
डि.ए.आर मुभिजले गायीका शर्मिला श्रेष्ठमाथि कानुनी प्रक्रियामा जाने

डि.ए.आर मुभिजले गायीका शर्मिला श्रेष्ठमाथि कम्पनीको आधिकारिक युुटुव च्यानल स्ट्राईक गरेको विरुद्ध अदालतको साहारा लिने भएको छ ।
साउन १० गते गायक विक्रम गौतमको छम छम गीत डि.ए.आर मुभिजको अफिसियल च्यानल बाट डिजिटल बजारमा आएको थियो । साउन २९ गते डि.ए.आर मुभिजको ईमेलमा एका एक शर्मिला श्रेष्ठ बाट च्यानलमा स्ट्राईक भएको जानकारी आए पश्चात कम्पनि संचालक सदस्य प्रभावन जे बाट बारम्बार फोन सम्पर्क र सामाजिक संजाल मार्फत सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको संचालक प्रभावनले बताए ।

गाएक विक्रम गौतमले गीत युटुवमा हाल्न ल्याए पश्चात गीत सुन्दा चर्चित गाएक भोजराज काफ्लेको दोलखा सुनखानी सँग भाका मिल्ने देखेपछि गाएक विक्रमलाई गाएक काफ्ले सँग अनुमति लिन भनेको र गाएक भोजराज काफ्लेले लयको लागि अनुमति दिएर उनकै नाममा लय राखेर युटुवमा गीत हालिएको थियो ।

तर एकाएक कम्पनी लाई नै जानकारि नदिई कम्पनीको च्यानलमाथि स्ट्राईक हान्ने अधिकार गायीका शर्मिलालाई कसले दियो ? गीत संगीतको लय मिल्न सक्छ हुन सक्छ गायीका शर्मिलाको गीत सँग पनि उक्त गीत छम छम को लय मिल्यो होला तर शर्मिलाको विवाद गायक विक्रम सँग हो । युटुव च्यानल वा कम्पनी सँग हैन ।

शर्मिलामाथि अन्नायनै भएको भए विवाद मिलाउने निकाए छन् उक्त ठाउँमा गएर नियम सँगत कार्वाहि अगाडि बढाउँदा हामिलाई कुनै गुनासो थिएन वा हामीलाई सम्पर्क गरी यो समस्या भयो भनेको भए समाधानको बाटो निकल्न्थयो तर कम्पनीलाई थाहै नदिई अफिसियल युटुव च्यानलमा स्ट्राईक हानेको देख्दा अचम्मीत भएका छौं ।

कसैको व्यक्तिगत च्यानल भए ठिकै छ भन्न हुन्थयो, लाखौ लगानि गरी संस्था खडा गरेका छौ, त्यतिकै अनाहक मा पिडित भएर चुप बस्ने छैनौ, आवश्यक र सम्बन्धित संस्थाहरु संग छलफल गर्ने र गायीका शर्मिला माथि कार्वाहिको लागि कानुनी प्रक्रियामा जाने भनी हाल कम्पनीको कामले नेपाल बाहिर रहेका कम्पनीका संचालक सदस्य प्रभावनले बताए । औपचारिक रुपमा अर्को हप्ता नेपाल फर्केपछि कानुनी प्रक्रिया जानुअघि कम्पनीले प्रेस विज्ञप्ति जारी गर्ने पनि जानकारी दिएका छन् ।

5535
Shares

ट्रेन्डिङ