सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • फिल्म साउथ एसिया आजदेखि, ६३ वृत्तचित्र प्रदर्शन हुने

फिल्म साउथ एसिया आजदेखि, ६३ वृत्तचित्र प्रदर्शन हुने

4385
Shares
फिल्म साउथ एसिया आजदेखि, ६३ वृत्तचित्र प्रदर्शन हुने

काठमाडौँ, १६ कात्तिक, ललितपुरमा वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ आज बाट सुरु हुँदैछ । ‘वृत्तचित्रः एक साक्षी’ भन्ने नाराका साथ हुन लागेको फिल्म साउथ एसिया २०१७ ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्नेछ ।

सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयमा केन्द्रित ३ सयभन्दा बढि वृत्तचित्रमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्र प्रदर्शन गरिनेछ ।

यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रले पाँचवटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने छन् ।उत्कृष्ट हुने वृत्तचित्रले २ हजार अमेरिकी डलर राशी रहेको रामबहादर ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

4385
Shares

ट्रेन्डिङ