सबैको समाचार
मङ्लबार, असार ३०, २०८३

मंसिर १ बाट बनेपामा फुटसल

4955
Shares
मंसिर १ बाट बनेपामा फुटसल

बनेपा, कात्तिक १८ । यहि मंसिर १ गतेदेखि बनेपामा फुटसल प्रतियोगिता संचादन हुने भएको छ । फ्यान्टास्टिक फुटबल क्लव बनेपाको आयोजनामामा मंसिर १ गतेबाट खुल्ला फुटसल प्रतियोगिता हुन लागेको हो । नगद सहित शिल्ड तथा ट्रफी पुरस्कार रहेको उक्त प्रतियोगिताको विजयी समूहले नगद रु ७५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने समूहले नगद रु ३५ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ ।

जिल्ला मै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहहरुको लागि फारमहरु एसआर फुटसल, इजी सप, बनेपा स्पोर्टस सेन्टर, हाम्रो होटल तथा फ्यान्टास्टिक कर्नरबाट उपलब्ध गराइ समूह दर्ता भैरहेको क्लवले जनाएको छ । समूह दर्ता शुल्क रु ५ हजार रहेको र समूह दर्ताको अन्तिम मिति कार्तिक २५ गते सम्म रहेको समेत आयोजकले जनाएको छ ।

4955
Shares

ट्रेन्डिङ