सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, ११ जना घाइते

डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, ११ जना घाइते

3480
Shares
डोटीमा जिप दुर्घटना, ३ को मृत्यु, ११ जना घाइते

डोटी, कात्तिक १८ । डोटीको केआई सिंह गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

केआई सिंह गाउँपालिका तिखात्तरबाटदिपाइलतर्फ आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जिप सोही गाउँपालिका वडा नम्बर ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको हो ।दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका ११ जनाको दिपायल शैलेश्वरी पोलीक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनाको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

3480
Shares

ट्रेन्डिङ