सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रमुख दलको चुनावी रणनीति यस्तो छ

प्रमुख दलको चुनावी रणनीति यस्तो छ

4440
Shares
प्रमुख दलको चुनावी रणनीति यस्तो छ

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यन्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनपुर्व नै एमाले, नेकपा माओवादी केन्द्रसहितका दल मुलुकमा साम्यवादी शासन ल्याउन उद्यत भएको कांग्रेसले निर्वाचन प्रचरलाई तीन चरणमा विभाजन गरेको छ ।

त्यस्तै नेकमा एमालेले सामाजिक न्यासहितको आर्थिक समृद्धिलाई अजेन्डा बनाई जनतासग भोट माग्ने भएो छ । नेकमा माओवादी केन्द्रसंग गठबन्धनमात्रै नभएर पार्टी एकीकरणका लागि समेत चुनावी अभियानलाई प्रयोग गर्ने तयारीमा एमाले छ । सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि वामपन्थी सरकार आवश्यक रहेको विषयलाई प्रमुख रुपमा उठाउनेछौं, एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाले भने, पहिला जस्तो केन्द्रका नेताहरु ताकेर ठुला आमसभा हुने छैनन् ।

एमाले र माओवादीले मंसिर १० गते हुने पहिलो चरणको चुनावलाई लक्षित गर्दै आईतबारदेखि ताप्लेजुङ, दार्जुला अभियान सुरु गरेका छन् । त्यस्तै राजपाले दुई नमबर प्रदेशो चुनवालई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालर्य विजयी गराउन धरदैलो अभियान, कोणसहभा गर्ने रणनीति तय गरेको छ ।
-नागरिक दैनिक

4440
Shares

ट्रेन्डिङ