सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • वर्षाका कारण आएको बाढीले जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

वर्षाका कारण आएको बाढीले जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

505
Shares
वर्षाका कारण आएको बाढीले जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुर  । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । 

गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् ।

 २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।

505
Shares

ट्रेन्डिङ