सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जसले ललितादेवीको घाँटी रेटेर हत्या गरे

जसले ललितादेवीको घाँटी रेटेर हत्या गरे

2405
Shares
जसले ललितादेवीको घाँटी रेटेर हत्या गरे

राजविराज, कार्तिक २९ । सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ । श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन् ।
– अन्नपूर्ण पोस्ट

2405
Shares

ट्रेन्डिङ