सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

आज शनिबार पनि बैंक खुल्ने

4645
Shares
आज शनिबार पनि बैंक खुल्ने

काठमाडौं, २७ असार । आज शनिबार पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिवार लगायत सार्वजनिक बिदा परे त्यस दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो । चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको जनाइएको छ ।

राष्ट्र बैंकले २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा भए यो महिनाभर राजस्व संकलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको हो ।छ ।

4645
Shares

ट्रेन्डिङ