सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एलआइसीले ३३५.४७ प्रतिशतले नाफा बढायो

एलआइसीले ३३५.४७ प्रतिशतले नाफा बढायो

3430
Shares
एलआइसीले ३३५.४७ प्रतिशतले नाफा बढायो

काठमाडौंः२९ कार्तिक , चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले तीन सय ३५ दशमलव ४७ प्रतिशतले खुद नाफा बढाएको रिपोर्ट सार्वजनिक गरेको छ । एलआइसीले सो अवधिमा तीन करोड ७३ लाख ६८ हजार ८९ रुपियाँ खुद नाफा कमाएको हो ।

गत वर्षको उक्त अवधिमा कम्पनीले ८५ लाख ८० हजार नौ सय १९ रुपियाँ खुद नाफा कमाएको थियो । साथै कम्पनीले दुई अर्ब २३ करोड ५५ लाख आठ हजार रुपियाँ कुल बिमा शुल्क आर्जन पनि गरेको छ । जुन गत वर्षको तुलनामा २३ दशमलव १६ प्रतिशतले बढी धेरै हो ।

कम्पनिले खुद बिमा शुल्क भने दुई अर्ब २१ करोड ७८ लाख ३९ हजार दुई सय ३३ रुपियाँ छ । पुनर्बिमा कमिसनबाट २१ लाख ७४ हजार छ सय ५० रुपियाँ आम्दानी गरेको छ । त्यस्तै, लाइफ इन्सुरेन्सले ४९ करोड २३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम चार करोड १२ लाख ८२ हजार रुपियाँ छ ।

चुक्ता पुँजी एम अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपियाँ रहेको रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५० लाख चार हजार चार सय ७४ रुपियाँ छ । प्रतिसेयर आम्दानी तीन रुपियाँ रहेको एलआइसीको प्रतिसेयर नेटवर्थ भने एक सय २९ रुपियाँ ७१ पैसा छ ।

-कार्पोरेट बाट

3430
Shares

ट्रेन्डिङ