मंसिर १३,काठमाडौं । निर्वाचन आयोगको उम्मेदवारी रद्द गर्ने निर्णयमाथि संवैधानिक र कानुनी प्रश्न उठाउँदै सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवपुजन राय यादवले मंगलबार सर्वोच्चमा रिट हालेका छन् ।
सभासद् रहेका बेला कूटनीतिक राहदानी हेरफेर गरी अनाधिकृत रुपमा अर्को व्यक्तिलाई विदेश पठाएको आभियोगमा विशेष अदालतमा सजाय ठहर भएका व्यक्तिलाई उम्मेदवार बनाइएको दाबीसहित परेको उजुरीका आधारमा आयोगले मंसिर ९ गने यादवको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो । आजको अन्नपूर्णमा खबर छ ।