मंसिर १३, काठमाडौं । विवेकशील साझा पार्टीका काठमाडौंमा १ का उम्मेदवार रविन्द्र मिश्रले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् ।
काठमाडौं १ मा मिश्रसँगै कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मा उम्मेदवार छन् । सिंह र शर्माले पनि आफू जित्ने दाबी गरेका छन् ।
बुधबार बबलमहल क्षेत्रमा घरदैलो गरेका विवेकशील साझाका उम्मेदवार मिश्रले बाटोबाटो गल्लीगल्लीमा मतदाताले देखाएको उत्साहले जित पक्का भएको बताए ।