सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजार नाघ्यो, २४ घन्टामै ३६ सय जनाले ज्यान गुमाए

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजार नाघ्यो, २४ घन्टामै ३६ सय जनाले ज्यान गुमाए

5145
Shares
कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजार नाघ्यो, २४ घन्टामै ३६ सय जनाले ज्यान गुमाए

जेष्ठ, ५, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १६ हजार ५१४ पुगेको छ ।

करिब ४८ लाख संक्रमित मध्ये एक लाख ८५ हजार पाँच सय भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा संक्रमित १५ लाख २७ हजार मध्ये ९० हजार ९७३ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३४ हजार ६३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय पुगेको छ ।

इटलीमा ३१ हजार ९०८ जनाको कोरोना संक्रमणले मृत्यु हुँदा फ्रान्समा २८ हजार १०८, स्पेनमा २७ हजार ६५० को ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा ३ हजार ६१२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ४ हजार १६३ संक्रमितको मृत्यु भएको थियो ।

-एजेन्सी

5145
Shares

ट्रेन्डिङ