सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेयर बजारमा दोहोरो अंकको गिरावट कायमै

सेयर बजारमा दोहोरो अंकको गिरावट कायमै

4250
Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट कायमै

काठमाडौं, पुस ६, । सेयर कारोबारमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ३२ अंकले घटेर १ हजार ४ सय ७२ दशमलव १५ विन्दुमा पुगेको छ ।
यो दिन ठूला कारोबार मापन सेन्सेटिभ इन्डेक्स २ दशमलव ७४ अंकले घटेर ३ सय ९ दशमलव ९४ विन्दुमा रोकिएको छ । १ सय ५२ कम्पनीको ९ लाख ९० हजार कित्ता सेयर ४७ करोड ५८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारमा उत्पादन तथा प्रशोधन तथा प्रशोधन समूहको परिसूचक १४ दशमलव ९४ अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
बैंकिङ समूहको परिसूचक ६ दशमलव २, व्यापार समूहको १ दशमलव ९४, होटेल ११ दशमलव १५, विकास बैंक १९ दशमलव ३५, जलविद्यूत २२ दशमलव ४७, वित्त २ दशमलव ७८, बिमा ७७ दशमलव ६१, अन्य २३ दशमलव १४ र माइक्रोफाइनान्स समूहको परिसूचक २१ दशमलव ५ अंकले घटेको छ ।
कारोबारमा स्टान्ड्रर चार्टर बैंकको ३ करोड ७७ लाख, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५८ लाख, मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
– जनाता समाचार बाट

4250
Shares

ट्रेन्डिङ